असार ९ काठमाण्डौँ । विश्वकप छनौटको समुह चरणको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड बिरुद्ध खराब ब्याटिङ गर्दै जम्मा १६७ रन जोडेको छ । आज जित्नै पर्ने दबाबमा रहेको नेपालले लगातार विकेट गुमाएर ४४.३ ओभरमा अलआउट भएपछि संकटमा परेको हो । यसले नेदरल्याण्डले नेपालबाट जम्मा १६८ रनको सामान्य लक्ष्य पाएको छ ।
आज शुरु देखि नै एक पछि अर्को विकेट पतन हुने क्रममा ओपनर आशिफ शेख शुन्य रनमा आउट भए । अर्का ओपनर कुसल भूर्तेल २७ रन बनाएर आउट भएका छन् । उनले ४२ बल खेल्ने क्रममा २ चौका प्रहार गरेका थिए ।
त्यसपछि आएका आरिफ शेख ६ रन बनाएर आउट भएका छन् । त्यसपछि भीम सार्की १९ औँ ओभरमा आउट भएका छन् । उनले २२ रन जोड्न ५५ बल खेलेर क्याच आउट भएका छन् ।
फेरी आशा गरिएका कुसल मल्ल पनि १२ रनमा आउट भए भने कप्तान रोहित पौडेल पनि ३३ रनमा पेभिलियन फर्किए । उनले ५५ बलमा १ छक्का र तीन चौका सहित उक्त स्कोर खडा गरेका हुन् । त्यसपछि दिपेन्द्र सिंह ऐरी पनि १४ रन बनाएर आउट भएका छन् । त्यसपछि आएका गुल्सन झा १५ रनमै आउट हुँदा करण केसीले कुनै रन बनाउन सकेनन् । त्यसपछि सन्दीप लामिछानेले २७ रन बनाएर आउट भएका थिए ।
अब नेपालका बलरहरुले नेदरल्याण्डलाई रोक्न सके मात्रै जितको संभावना छ । आज नेपालले जित्नै पर्ने दबाब छ । आज नजितेमा नेपाल समुह चरणबाटै बाहिरिनेछ । आज जीतेमा सुपर सिक्समा प्रवेश गर्न सक्नेछ । पराजित भएमा नेपाल प्रतियोगीताबाट बाहिरिनेछ । नेपालले यस अघि अमेरीकालाई हराएको थियो भने वेष्ट ईन्डिबाहज र जिम्बाबेसँग पराजित भएको थियो ।