असार ९ काठमाण्डौँ । विश्वकप छनौटको समुह चरणको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड बिरुद्ध खराब ब्याटिङ गरिरहेको छ । आज जित्नै पर्ने दबाबमा रहेको नेपालले लगातार विकेट गुमाएर संकटमा परेको छ । नेपालले यो खबर तयार पार्दा सम् ३४ औँ ओभरमा ७ विकेट गुमाएर जम्मा १२३ रन बनाएको छ ।
ओपनर आशिफ शेख शुन्य रनमा आउट भए । अर्का ओपनर कुसल भूर्तेल २७ रन बनाएर आउट भएका छन् । उनले ४२ बल खेल्ने क्रममा २ चौका प्रहार गरेका थिए ।
त्यसपछि आएका आरिफ शेख ६ रन बनाएर आउट भएका छन् । त्यसपछि भीम सार्की १९ औँ ओभरमा आउट भएका छन् । उनले २२ रन जोड्न ५५ बल खेलेर क्याच आउट भएका छन् ।
फेरी आशा गरिएका कुसल मल्ल पनि १२ रनमा आउट भए भने कप्तान रोहित पौडेल पनि ३३ रनमा पेभिलियन फर्किए । उनले ५५ बलमा १ छक्का र तीन चौका सहित उक्त स्कोर खडा गरेका हुन् ।
त्यसपछि दिपेन्द्र सिंह ऐरी पनि १४ रन बनाएर आउट भएका छन् ।
आज नेपालले जित्नै पर्ने दबाब छ । आज नजितेमा नेपाल समुह चरणबाटै बाहिरिनेछ । आज जीतेमा सुपर सिक्समा प्रवेश गर्न सक्नेछ । पराजित भएमा नेपाल प्रतियोगीताबाट बाहिरिनेछ ।
नेपालले यस अघि अमेरीकालाई हराएको थियो भने वेष्ट ईन्डिबाहज र जिम्बाबेसँग पराजित भएको थियो ।