कप्तान रोहित पौडेल पनि आउट, नेदरल्याण्ड बिरुद्धको खेलमा छैटौँ झड्का

कप्तान रोहित पौडेल पनि आउट, नेदरल्याण्ड बिरुद्धको खेलमा छैटौँ झड्का

  • शनिबार, असार ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

असार ९ काठमाण्डौँ । विश्वकप छनौटको समुह चरणको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड बिरुद्ध खेलिरहेको छ । आज जित्नै पर्ने दबाबमा रहेको नेपालले लगातार विकेट गुमाएर संकटमा परेको छ ।

अहिले नेपालले छैटौँ विकेट गुमाएको छ । ओपनर आशिफ शेख शुन्य रनमा आउट भए । अर्का ओपनर कुसल भूर्तेल २७ रन बनाएर आउट भएका छन् । उनले ४२ बल खेल्ने क्रममा २ चौका प्रहार गरेका थिए ।

त्यसपछि आएका आरिफ शेख ६ रन बनाएर आउट भएका छन् । त्यसपछि भीम सार्की १९ औँ ओभरमा आउट भएका छन् । उनले २२ रन जोड्न ५५ बल खेलेर क्याच आउट भएका छन् ।

फेरी आशा गरिएका कुसल मल्ल पनि १२ रनमा आउट भए भने कप्तान रोहित पौडेल पनि ३३ रनमा पेभिलियन फर्किए । उनले ५५ बलमा १ छक्का र तीन चौका सहित उक्त स्कोर खडा गरेका हुन् ।

अहिले गुलसन झा र दिपेन्द्र सिह ऐरीले पारी सम्हालीरहँदा ३२ ओभरमा ६ विकेट गुमाएर ११६ रन बनाएको छ ।
आज नेपालले जित्नै पर्ने दबाब छ । आज नजितेमा नेपाल समुह चरणबाटै बाहिरिनेछ । आज जीतेमा सुपर सिक्समा प्रवेश गर्न सक्नेछ ।

नेपालले यस अघि अमेरीकालाई हराएको थियो भने वेष्ट ईन्डिबाहज र जिम्बाबेसँग पराजित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ