असार ९ काठमाण्डौँ । विश्वकप छनौटको समुह चरणको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड बिरुद्ध खेलिरहेको छ । आज जित्नै पर्ने दबाबमा रहेको नेपालले लगातार विकेट गुमाएर संकटमा परेको छ ।
अहिले नेपालले पाँचौ विकेट गुमाएको छ । ओपनर आशिफ शेख शुन्य रनमा आउट भए । अर्का ओपनर कुसल भूर्तेल २७ रन बनाएर आउट भएका छन् । उनले ४२ बल खेल्ने क्रममा २ चौका प्रहार गरेका थिए ।
त्यसपछि आएका आरिफ शेख ६ रन बनाएर आउट भएका छन् । त्यसपछि भीम सार्की १९ औँ ओभरमा आउट भएका छन् । उनले २२ रन जोड्न ५५ बल खेलेर क्याच आउट भएका छन् ।
फेरी आशा गरिएका कुसल मल्ल पनि १२ रनमा आउट भएपछि नेपाल ९१ रन बनाउदा ५ विकेट गुमाएर संकटमा परेको छ ।
आज नेपालले जित्नै पर्ने दबाब छ । आज नजितेमा नेपाल समुह चरणबाटै बाहिरिनेछ । आज जीतेमा सुपर सिक्समा प्रवेश गर्न सक्नेछ ।
नेपालले यस अघि अमेरीकालाई हराएको थियो भने वेष्ट ईन्डिज र जिम्बाबेसँग पराजित भएको थियो ।