नेदरल्याडस् बिरुद्ध नेपाललाई शुरुमै झड्का, आशिफ शेख शुन्य रनमा आउट

नेदरल्याडस् बिरुद्ध नेपाललाई शुरुमै झड्का, आशिफ शेख शुन्य रनमा आउट

  • शनिबार, असार ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले अहिले नेदरल्याण्ड बिरुद्ध खेलिरहेको छ । नेपाललाई शुरुवाती झड्का लागेको छ । तेस्रो ओभरको दोस्रो बलमा ओपनर आशिफ शेख शुन्य रनमा आउट भएपछि नेपाल दबाबमा परेको छ ।

टस हारेर नेपालले ब्याटिङ गरीरहेको छ । अहिले नेपालले तेस्रो ओभरको खेल चल्दै गर्दा १ विकेटको क्षतिमा ७ रन बनाएको छ ।

जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले अन्तिम खेल खेल्न लागेको हो । हालसम्म एक जित र दुई हारको नतिजा निकालेको नेपालका लागि नेदरल्यान्ड्सविरुद्घको खेल निकै महत्वपूर्ण छ । नेपाली टोली आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जिम्बाबेसँग आठ विकेटले पराजित भएको थियो ।

यसैगरी दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । समूहगत चरणको आफ्नो तेस्रो खेलमा नेपाली टोली दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको थियो । समूह ‘ए’ को अंक तालिकामा हालसम्म दुई खेल खेलेको वेस्ट इन्डिज चार अंकसहित पहिलो स्थानमा छ । आफूले खेलेको दुवै खेलमा विजयी भएको घरेलु टोली जिम्बाबे पनि चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।  दुई खेल खेलेको नेदरल्यान्ड्स एक जित र एक हारको नतिजाबाट दुई अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।

यसैगरी तीन खेलबाट एक जित र दुई हारको नतिजा निकाल्दै दुई अंक हात पारेको नेपाल तालिकाको चौथो स्थानमा छ । नेट रनरेटमा नेदरल्यान्ड्सले नेपाललाई पछि पारेको छ । तीनवटै खेलमा पराजित भएको अमेरिका पाँचौं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ