गगन थापा पनि प्रचण्ड सरकार ढाल्ने पक्षमा ?

गगन थापा पनि प्रचण्ड सरकार ढाल्ने पक्षमा ?

  • शनिबार, असार ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

असार ९ काठमाण्डौँ । काँग्रेसका युवा भनिएका महामन्त्री गगन थापा निर्वाचन अघि नै गठबन्धनको विपक्षमा थिए । उनले अनौपचारीक रुपमा रवि लामिछानेसँग सहकार्य गरेको आरोप लागेको थियो ।

यद्यपि, पार्टीको निर्णय भन्दै उनी असहमतिका बीच गठबन्धन अनुसार निर्वाचनमा गए । त्यही गठबन्धनले उनी काठमाण्डौँ चारमा निर्वाचित पनि भए ।

शुरुमा आफै प्रधानमन्त्री हुन कस्सिएका थापा पार्टीको संसदीय दलको निर्वाचनमा पाखा लागेपछि मौन बसेका थिए । तर उनी पटक पटक अब देउवा प्रधानमन्त्री पनि हुन नहुने र सभापति पनि छाड्नु पर्ने माग गर्दै आएका छन् । देउवा यस विषयमा मौन छन् ।

देउवा करीब दुई साता उपचारको लागि भन्दै सिंहापुर पुगेर फर्किएको भोलीपल्ट आज गगन थापाले सरकार ढल्ने र नयाँ सरकार बन्ने संकेत गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका हुन्।

‘चुनावपछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो’, उनले भने, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन।’

थापाले थपे, ‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, कांग्रेस छाड्दिनँ भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने ?’

काँग्रेस र एमालेका दोस्रो तहको नेता नयाँ समीकरणको प्रयासमा लागिरहेको चर्चा भईरहँदा यसले फेरी अर्को अस्थीरताको संकेत गरेको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ