काठमाण्डौँ असार ९ । विश्वकप क्रिकेट छनौट चरणमा नेपालले आज नेदरल्याण्ड बिरुद्ध निर्णायक खेल खेल्दैछ । जिम्बाबेमा पौने १ बजे शुरु हुने खेलमा पराजित भएमा नेपाल समुह चरणबाटै बाहिरिनेछ । यदी नेपालले आज नेदरल्याण्डलाई पराजित गर्न सकेमा सुपरसिक्समा प्रवेश गर्नेछ ।
यस अघि वेष्ट ईन्डिज र जिम्बाबेसँग हारेको नेपालले आज नेदरल्याण्डलाई हराउनेमा प्रशिक्षक र खेलाडी विस्वस्त छन् ।
नेदरल्याण्डले आजको खेल जितेमा उ तेस्रो हुँदै सुपरसिक्समा जानेछ । दुबैले अहिले सम्म अमेरीकालाई पराजित गर्नु बाहेक अन्य जित निकालेका छैनन् ।
अन्तिम खेलमा नेदरल्याण्डले वेष्ट ईन्डिजसँग खेल्न बाँकी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline