ठूलो परिणाममा लागू औषध सहित विदेशी र नेपाली गरी १२ जना पक्राउ

ठूलो परिणाममा लागू औषध सहित विदेशी र नेपाली गरी १२ जना पक्राउ

  • शुक्रबार, असार ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

प्रहरीले अवैधलागुऔषधकारोबार गर्ने १२ जनालाई काठमाडौं उपत्यका र विभिन्न जिल्लाहरूबाट पक्राउ गरी सार्वजनिक गरेको छ।

शुक्रबार लागू औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरी लागू औषध कारोबारमा संलग्न पाँच विदेशी नागरिकसहित १२ जनालाई सार्वजनिक गरेको हो । व्युरोले जेठ २८ गतेदेखि चलाएको अपरेसनमा पक्राउ परेका १२ जनालाई आज सार्बजनिक गरेको हो।

पक्राउ पर्नेहरू विदेशी नागरिकहरूमा भारत विहारका २७ वर्षीय हेमन्त कुमार भगत, २८ वर्षीय रामभजन भन्ने सञ्जीव कुमार, ६३ वर्षीय टर्किस नागरिक पउल वेर्स्ट, चेक रिपब्लिका ३२ वर्षीय मार्टिना सेर्ना र इटालियन नागरिक ३४ वर्षीय डेभिड मिनाडिओ रहेका व्युरोका प्रवक्ता एसपी चक्राराज जोशीले जानकारी दिए।

उनीहरूलाई काठमाडौं र पोखराका विभिन्न होटलहरुबाट फरक–फरक दिन पक्राउ गरिएको हो।

पक्राउ पर्ने नेपाली नागरिकहरूमा राप्ति नगरपालिका-७ चितवनका २९ वर्षीय महेश चौधरी, काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ का २९ वर्षीय सुगम मैनाली, काठमाडौं महानगरपालिका–१८ का ४२ वर्षीय मुखिया गुरूङ, विराटनगर महानगरपालिका–१२ का ३६ वर्षीय बच्चन भन्ने राज गौतम, रूबीभ्याली गाउँपालिका–२ का ४२ वर्षीय दावा तामाङ र वडा नम्बर ३३ वर्षीय नुरबहादुर तामाङ र भद्रपुर नगरपालिक–४ झापाका २४ वर्षीय सुमन लिम्बू रहेका छन्।

एसपी जोशीका अनुसार पक्राउ परेका १२ जनाबाट कुल ३।७ ग्राम कोकिन, १०० ग्राम खैरो हिरोईन, ४०.८५ ग्राम एम्फेटामाइन, ६ किलो ८६० ग्राम चरेस, १० हजार १३१ पिस एलएसडी स्टिकर,चार किलो ७५० ग्राम गाँजा र १६ बोत्तल कोडिन बरामद गरिएको छ।

बरामद गरिएको अवैध लागू ओषधको अबैध बजार मूल्य २ करोड ३३ लाख १५ हजार २५० रूपैयाँ पर्ने एसपी जोशीले जानकारी दिए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ