असार ८ काठमाण्डौँ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ८ मा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको छ।
गाउँपालिकाको वडा नं. ८ स्थित गुरुङ बस्तीमा गएराति ११ बजे पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको वडाध्यक्ष खड्गबहादुर बरालले नागरिकन्यूजलाई जानकारी दिए।
एकै घरका चार जनाको मृत्यु भएको छ। आमाबाबु र छोरीको शव भेटियो, छोराको खोजी जारी छु, वडाअध्यक्ष बरालले भने, ुयो पहिरोले यो गाउँमा ८ घर बगाएको छ।
पहिरोम परी स्थानीय ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय छोरा दिनेश र छोरी १८ महिनाकी कविताको मृत्यु भएको वडाध्यक्षले बताए।
ुचार घर त पुरै भत्किएको छ अरु घर पनि क्षति भएको छ। ति घरका मानिस चाही भागेर बाँच्न सके, रणबहादुरको परिवारले भाग्ने मौकै पाएन। बरालले भने।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline