असार ७ काठमाण्डौँ । विश्वकप क्रिकेट छनौट चरण अन्तर्गतको आफ्नो तेस्रो खेलमा बलियो प्रतिद्धन्दी वेष्ट ईन्डिजले नेपाललाई ३४० रनको बिशाल चूनौती दिएको छ ।
जिम्बाबेको हरारे रंगशालामा टस जितेर फिल्डिङ रोजेको नेपालले शुरुमा करण केसी र गुल्सन झाले ९ रन भित्र दुई विकेट लिएपछि दबाबमा आएको वेष्ट ईन्डिजले त्यसपछि आफूलाई सम्हाल्दै ३३९ रन जोड्न सफल भयो ।
वेष्ट ईन्डिजले पचास ओभरमा ७ विकेट गुमाएर उक्त रन खडा गरेको हो ।
नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने, गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।
वेष्ट ईन्डिजका शाही होपले १३२ रन बनाउदै सतकीय पारी खेल्दा निकोलस पुरन पनि ११५ रन सहित शतकीय पारी खेलेर आउट भएका थिए । अब नेपालले जवाफी व्याटिङ गर्नेछ ।
नेपालले यस अघि जिम्बाबेसँग पराजय व्यहोरेको थियो भने अमेरीकालाई पराजित गरेको थियो ।