सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
सरकारले मुद्दा फिर्ता गरेपछि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेले सर्वोच्चमा रिट हालेका थिए। उक्त रिटमाथि अन्तरिम आदेश दिँदै फिर्ता गर्ने निर्णय कार्यान्वयन नगराउन आदेश दिएको अधिवक्ता राधिका खतिवडाले जानकारी दिइन्।
सर्वोच्चले मुद्दा फिर्ता गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ।
सरकारले गत जेठ ३० गते मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि उपप्राध्यापक चलाउने त्रिवि परिसरमा अनसन बसेका छन्।
नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, निरज रानामगर र दीपक ओझाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेको आरोप छ।