असार ६ काठमाण्डौँ । भारतमा आजबाट शुरु भएको साफ् च्याम्पियनसिप प्रतियोगीताको १५ औँ संस्करण शुरु भएको छ । यस प्रतियोगीताको उद्घाटन खेलमा नेपाल आमन्त्रित टोली कुवेतसँग तीन एक गोल अन्तरले पराजित भएको छ ।
पहिलो हाफ्मा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफ्मा पनि पेनाल्टीमा गोल खाएपछि तीन शुन्यले पछि परेको थियो ।
अञ्जन विष्टले गोल गर्दै अग्रता कम गरेका थिए । खेलको ६७औं मिनेटमा अन्जनले कुवेतका तीन डिफेण्डर र गोलरक्षकलाई छक्याउँदै बक्स भित्रबाट शानदार गोल गरे । योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पुर्याएका छन् ।
त्यसपछि पनि दोस्रो हाफ्मा नेपालले केही राम्रा अवसर पाए पनि गोल भने गर्न सकेन । नेपालले अब भारत र पाकिस्तानसँग खेल्न बाँकी रहेको छ ।
नेपालमा नवनियुक्त ईटालियन प्रशिक्षकले समयमै राष्ट्रिय टोली छनौट गरेर तयारी गर्न नपाउदा यस पटक साफमा नेपालले उत्कृष्ट शुरुवात गर्न सकेन । घरेलु लिग र विभिन्न कारणले समयमै क्लबहरुले राष्ट्रिय टोलीका सदस्यलाई रिलिज नगर्दा र तयारी प्रशिक्षण कम हुँदा नेपालको प्रदर्शन आशाजनक हुन नसकेको हो ।