नेपालद्धारा अमेरीका पराजितः बलिङमा करण र ब्याटिङमा भीम सार्की निर्णायक

नेपालद्धारा अमेरीका पराजितः बलिङमा करण र ब्याटिङमा भीम सार्की निर्णायक

  • मङ्लबार, असार ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

असार ५ काठमाण्डौँ । विश्वकप छनौट चरण अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरीका बिरुद्ध ६ विकेटको उत्कृष्ट जित निकालेको छ । जिम्बाबेको हरारेमा भएको खेलमा अमेरीकाले दिएको २०८ रनको मध्यम चूनौती नेपालले ४३ औँ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको आजको जीतमा बलिङ तर्फ करण केसी र ब्याटिङमा भीम सार्की निर्णायक बने । करणले शुरु देखि नै १९ रन भित्र अमेरीकाको चार विकेट झारेपछि अमेरीकाले उच्च स्कोर खडा गर्न सकेन । त्यसै गरी गुल्सन झाले तीन विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिएका थिए ।

ब्याटिङ तर्फ नेपाललाई उत्कृष्ट जित दिलाउन भीम सार्कीले महत्वपूर्ण योगदान गरे । उनले अविजीत ७७ रन बनाए । त्यसका लागि ११४ बल खर्चेका उनले ७ चौका र एक छक्का प्रहार गरे ।
त्यसै गरी दिपेन्द्र सिंह ऐरीले अविजीत ३९ रन जोड्ने क्रममा ३२ बलको सामना गर्दै १ छक्का र पाँच चौका प्रहार गरे ।

ओपनर कुसल भूर्तेलले आज ३९ रन बटुले । अर्का ओपनर आशिफ शेखले १२ रन बनाए भने कप्तान रोहित पौडेल १६ र कुसल मल्ल १३ रनमा आउट भएका थिए । अमेरीकाका शायान जाहागिंरले अविजीत सतक पूरा गरेका थिए ।

नेपाल पहिलो खेलमा जिम्बाबेसँग ८ विकेटले पराजित भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ