कञ्चनपुर असार ५ । आज बझाङमा भएको गाडी दुर्घटनामा परि घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पनि कोहलपुर स्थित मेडिकल कलेजमा निधन भएको छ ।
उत्त दुर्घटनामा सिहसहित ज्यान गुमाउने सङ्ख्या ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी पत्नि अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि दुर्घटना स्थल मै मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका मन्त्री सिंहको भने उपचारका क्रममा कोहलपुर मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले जानकारी दिएका छन् ।
मन्त्री सिंहलाई उपचारका लागि दुर्घटना स्थल बझाङबाट हेलिकप्टरमा कोहलपुर ल्याइएको थियो । सिंहसँगै नेपालगञ्ज ल्याएका जिप चालक धर्मराज जोशी र सुरक्षागार्ड९ पिओसो० दीपक भण्डारीको भने उपचार भइरहेको बोहराले बताए ।
मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१९००१ झ ४८० नम्बरको जीप डडेलधुराबाट बझाङ जाँदै गर्दा बझाङको केदारस्युँ गाउँपालिकामा दुर्घटना भएको थियो ।