अमेरीकाले दिएको २०८ रनको चूनौती पछ्याउदै नेपाल

अमेरीकाले दिएको २०८ रनको चूनौती पछ्याउदै नेपाल

  • मङ्लबार, असार ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

असार ५ काठमाण्डौँ । विश्वकप क्रिकेट छनौट चरणको दोस्रो खेलमा नेपालले अमेरीकाले दिएको २०८ रनको मध्यम लक्ष्य पछ्याईरहेको छ । नेपालले यो खबर तयार पार्दा सम्म ३४ औँ ओभर खेल्ने क्रममा ४ विकेट गुमाएर १४१ रन जोडेको छ । पहिले ब्याटिङ गरेको अमेरीकाले ४९ ओभरमा अलआउट हुँदै २०७ रन जोडेको थियो ।

नेपालका लागि ओपनर कुसल मल्लले ३९ रन बनाउदा आशिफ शेख १२ रनमा आउट भए । कुसल जिम्बाबे बिरुद्धको खेलमा शतक नजिक पुगेर आउट भएका थिए । उनले पो पारीमा एक छक्का र चार चौका प्रहार गरेका थिए ।

त्यसपछि कप्तान रोहित पौडेल १६ रनमै आउट भएका थिए । त्यसपछि अर्का व्याट्सम्यान कुसल मल्ल पनि १३ रनमा आउट भएका छन् ।

अमेरीकाका लागि शायान जांगिरले अविजीत सतक पूरा गरेका थिए भने सुसान्त मोदानीले ४२ रन र जगानन्द सिंहले २६ रन बनाउनु बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।

नेपाली बलरहरुले आज जिम्बाबे बिरुद्ध देखिएको कमजोरी सुधार्दै उत्कृष्ट प्रदर्शन गरे । करण केसी एक्लैले ४ विकेल लिँदा , गुल्सन झाले ३ विकेट, दिपेन्द्र सिंह ऐरी २ र ललित राजवंशीले एक विकेट लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ