कञ्चनपुर असार ५ ।
बझाङमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् ।
घाइते रहेका ३ जनालाई हेलिकप्टर मार्फत उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा परि मन्त्री सिंहकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको छ।
मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप डडेलधुरा बाट बझाङ जाँदै गर्दा बझाङको केदारस्युँ गाउँपालिकामा दुर्घटना भएको थियो ।