असार ५ काठमाण्डौँ । विश्वकप क्रिकेट छनौट चरणको दोस्रो खेलमा नेपालले उत्कृष्ट बलिङ गर्ने क्रममा करण केसी एक्लैले चार विकेट लिएका छन् ।
करणले दोस्रो ओभरमै दुई विकेट लिएर अमेरीकालाई दबाबमा राखेका थिए । उनले त्यसपछि फेरी उनले थप दुई विकेट लिँदा अमेरीका संकटमा परेको थियो ।
नेपाललाई दिपेन्द्र सिंह ऐरीले नेपाललाई पाँचौँ सफलता दिलाएका थिए । उनले गजानन्द सिंहलाई क्याच आउट गराएका छन् ।
त्यसपछि ललित राजवंशीले किफायती बलिङ गर्दै ७ ओभरमा जम्मा १६ रन दिएर एक विकेट लिन सफल भएका हुन् । अमेरीकाले ३२ ओभरमा ६ विकेट गुमाएर जम्मा १०७ रन बनाएको छ ।
नेपाल पहिलो खेलमा आयोजक जिम्बाबेसँग खराब बलिङ गर्दा ८ विकेटले पराजित भएपछि आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline