काठमाण्डौँपछि पोखरामा पनि आजदेखि हिन्दी फिल्म प्रदर्शनमा रोक

काठमाण्डौँपछि पोखरामा पनि आजदेखि हिन्दी फिल्म प्रदर्शनमा रोक

  • सोमवार, असार ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

असार ४ काठमाण्डौँ । भारतीय फिल्म आदिपुरुषमा जानकी भारतकी छोरी भन्ने शब्द नसच्याएको भन्दै काठमाण्डौँ महानगरपालिकाले आजबाट हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएको छ । आज बिहानैबाट नगरप्रहरी परिचालन गरी प्रमुख बालेन शाहले हिन्दी फिल्म चलाएमा कार्बाही गर्ने चेतावनी दिएका छन् ।

उता पोखरामा पनि मेयर धनराज आचार्यले हलहरुलाई पत्र नै लेखेर जानकी नेपालकी छोरी हुँदा हुँदै भारतकी छोरी भन्ने चलचित्रमा रहेको संवाद नहटाएकाले आजबाट हिन्दी फिल्म चलाउन रोक लगाएका छन् ।

महानगर प्रमुख धनराज आचार्यले पोखराका हलहरू श्रीकृष्ण, विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन भारतीय फिल्म प्रसारणमा रोक लगाउन पत्र लेखेका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी