नेपालले जिम्वाबेलाई दियो २ सय रनको लक्ष्य, कुसल भूर्तेल शतकको नजिक, आशिफको अर्धशतक

नेपालले जिम्वाबेलाई दियो २ सय रनको लक्ष्य, कुसल भूर्तेल शतकको नजिक, आशिफको अर्धशतक

  • आइतवार, असार ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

असार ३ काठमाण्डौँ । आईसीसी विश्वकप छनौटको पहिलो खेलमा नेपालले आयोजक जिम्बाबेलाई २९१ रनको चूनौती दिएको छ । नेपालले पुरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा २९० रन जोड्न सफल भयो । टस जितेर जिम्बाबेले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो ।

नेपालका लागि ओपनर कुसल भूर्तेलले ९९ रनको योगदान दिए । शतक बनाउन एक रन बाँकी रहेका बेला उनी बोल्ड आउट भएका थिए । उनले ९५ बल खेल्दा २ छक्का र १३ चौका प्रहार गरेका थिए ।

त्यसपछि अर्का ओपनर आशिफ शेखले १ सय बलमा ६६ रन जोड्ने क्रममा ७ चौका प्रहार गरे ।

यसै गरी कुसल मल्लले ४१ रन बनाउदा ३ छक्का र दुई चौका हिर्काए भने रोहित पौडेलले ३१ रन बटुले ।

त्यसपछि आएका आरिफ शेखले १० र गुल्सन झाले १३ रन बनाए । दिपेन्द्र सिंह ऐरी ६ र भीम सार्की शुन्य रनमा पेभिलियन फर्किए ।

जिम्बाबेका लागि रिचार्ड एनगाराभाले सर्वाधिक ४ विकेट लिएर नेपालको रनको गति रोकेका थिए ।

अब नेपालले दिएको लक्ष्य बिरुद्ध जिम्बाबेले जवाफी व्याटीङ थाल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ