असार ३ काठमाण्डौँ । नेपालका उत्कृष्ट ओपनर कुसल भूर्तेल जिम्बाबे बिरुद्ध शतक बनाउन एक रन बाँकी छँदै बोल्ड आउट भएका छन् ।
जिम्बाबे बिरुद्ध गतिलो शुरुवात दिलाएर उच्च रन खडा गर्ने क्रममा कुसलले २ छक्का र १३ चौका सहित ९५ बलमा ९९ रन बनाउदा मासाकाजाले उनलाई बोल्ड आउट गरेका थिए ।
त्यसपछि उनी केही निराश देखिएका थिए । त्यसपछि फेरी अर्का ओपनर आशिफ खेश १०० बलमा ६६ रन बनाएर आउट भएका छन् । उनले ७ चौका प्रहार गरे ।
यद्यपि, कसल र आशिफ शेखको १७१ रनको बिशाल साझेदारीले नेपालले टेष्ट राष्ट्र जिम्बाबे बिरुद्ध उच्च योगफल बनाउने दिशा तय भएको छ ।
अहिले कुसल मल्ल र कप्तान रोहित पौडेलले क्रिजमा खेलिरहेका छन् । यो खबर तयार पार्दा सम्म नेपालले ३४ ओभर खेल्दा १७४ रनको योगफल तयार पारेको छ ।
विश्वकप छनौट चरणको पहिलो खेलमा नेपालले आयोजक जिम्बाबेको सामना गरीरहेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline