असार ३ काठमाण्डौँ । एक दिवसीय विश्वकप छनौट चरणको पहिलो खेलमा नेपालले जिम्बाबे बिरुद्ध उत्कृष्ट शुरुवात गरेको छ । हरारेमा टस हारेको नेपाललाई जिम्वावेले ब्याटिङको निम्तो दिएको थियो ।
त्यसपछि ब्याटिङ थालेको नेपालले शुरुको दुई ओभरमा कुनै रन नजोडे पनि त्यसपछि लगातार बाउन्ड्री सहित १० ओभरमा ४५ रन जोडेको छ ।
नेपालका ओपनर कुसल भूर्तेल र आशिख शेखले पावर प्ले सम्म आउट नभई क्रिज सम्हाल्ने क्रममा कुसल भूर्तेलले २९ रन जोडेका छन् भने आशिफ शेखले १३ रनको योगदान दिएर खेलिरहेका छन् ।
यही गतिमा रन बने नेपालले उच्च स्कोर खडा गर्न सफल हुनेछ ।
खेलमा नेपालको कप्तानी रोहित पौडेल र जिम्बाबेको कमानी क्रेग इर्विनले गर्नेछन्।
पछिल्लो समय उच्च लयमा रहेको नेपाल यसलाई कायम राख्ने योजनामा हुनेछ।
विश्वकप छनोटमा नेपाल जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह एमा छ। समूह बीमा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन्।
विश्वकप छनोटका लागि नेपालले स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा र जिम्बाबेमा दुई अभ्यास खेल खेलेको थियो।