‘शब्दसेना’को गजल ‘झेली गर्‍यो नियतिले’ सार्वजनिक

‘शब्दसेना’को गजल ‘झेली गर्‍यो नियतिले’ सार्वजनिक

  • आइतवार, असार ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

गजलकार कृष्णदेव रिमाल ‘शब्दसेना’ को शब्दरचनामा रहेको ‘झेली गर्‍यो नियतिले’ बोलको गजल बुधबार सार्वजनिक भएको छ।

प्रेमपरक विषयवस्तुमा आधारित भई रचिएको सो गजलमा कमल अधिकारीले सङ्गीत दिएका छन् । सुगम सङ्गीतका चर्चित गायक आनन्द कार्की र पूजन मिश्रको युगल आवाजमा स्वराङ्कन भएको उक्त गजल कमल अधिकारीको युट्युब च्यानल Kamal Adhikari मार्फत  सार्वजनिक भएको हो ।

सो गजलमा वियोगान्त प्रेमकथालाई मूल कथ्य बनाइएको छ। मनैदेखि मन पराएको र हृदयमा हरपल सजाएको मान्छेसँग पनि दुई किनारझैँ भएर बाँच्नु पर्दाका पीडाहरू गजलमा पोखिएका छन् । भिडियो निर्देशक बिक्रम चौहानको छायाङ्कनले सो गजललाई थप मनोहर तुल्याएको छ।

गजल सार्वजनिक भएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै रिमालले सो गजलले सङ्गीतप्रेमीहरूको मन जित्न सक्ने कुरामा आफू विश्वस्त रहेको धारणा व्यक्त गरेका थिए।

गजलकार कृष्णदेव रिमाल सबैजसो साहित्यिक विधामा कलम चलाउने कुशल शब्द शिल्पी हुन् । उनी विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष समेत रहँदै आएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी