देशका विभिन्न जिल्लामा बाढी पहिरोमा वेपत्ताको खोजी, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

देशका विभिन्न जिल्लामा बाढी पहिरोमा वेपत्ताको खोजी, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

  • आइतवार, असार ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

असार ३ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुस्ख व्यक्त गरेका छन्।

उनले बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन्। आ(आफ्नो ठाउँमबाट सहयोगका लागि आम जनसमुदायसँग अपिल उनले गरेका छन्।

वर्षायामको सुरुवातमै शनिबार रातिको अविरल वर्षापछि देशको पूर्वी क्षेत्रमा गएको बाढी र पहिरोमा २६ जना बेपत्ता भएका छन्। अहिलेसम्म प्राप्त विवरणअनुसार संखुवासभामा गएराति आएको बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएका छन्।

यस्तै पाँचथरमा बाढीले बगाएर ५ जना र ‍ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन्।

बाढी र पहिरोले पुल, सडक र घरहरुमा क्षति पुरयाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ