असार ३ काठमाण्डौँ । आईसीसी विश्वकप छनौट चरण अन्तर्गत समुह ए को पहिलो खेलमा नेपालले आज आयोजक जिम्वावे बिरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार पौने १ बजे जिम्बाबेको हरारेमा शुरु हुनेछ ।
टेष्ट मान्यता प्राप्त जिम्बाबे नेपाल भन्दा बलियो टोली हो । यद्यपि, नेपालले पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व कप छनौटको लक्ष्य बनाउदै अघि बढेकाले बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
मोन्टी देशाईले टिम सम्हाले यता नेपालले धेरै जसो आधिकारीक खेलहरु जित्दै आएको छ ।
नेपालले दोस्रो खेल नेदरल्याण्डसँग असार ५ मा खेल्नेछ भने अमेरीकासँग असार ७ र अन्तिममा वेष्ट ईन्डिजसँग असार ९ गते प्रतिस्पर्धा गर्नेछ ।
पाँच –पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन९तीन टिम पुग्नेछन्।
सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर९नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।
विश्वकप छनोटका लागि नेपाली टिम
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल कप्तान, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो।