राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर छ : अस्पताल

राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर छ : अस्पताल

  • शनिबार, असार २, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। उनको मुटुमा समस्या भएपछि आज बिहान त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमामा भर्ना भएका थिए।

उनको मुटुको चाल मनिटरिङ्ग गर्न आवश्यक देखिएकाले भर्ना अस्पतालले जनाएको छ। सो सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार बिहानै ५ बजे उपचारका लागि भर्ना गरिएको थियो। गत मंगलबार मात्र उनको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको एन्जिओग्राम गरिएको थियो। उनी बुधबार डिस्चार्ज भएका थिए।

राष्ट्रपति भए यता पौडेल पटक पटक बिरामी पर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ