बीरगंजमा पहिलोपटक गहवामाई रथयात्र निकाल्ने तयारी

बीरगंजमा पहिलोपटक गहवामाई रथयात्र निकाल्ने तयारी

  • शुक्रबार, असार १, २०८०
  • दिपक चौरसिया

  • 8K
    SHARES

बिरगंज १ असार । बीरगंजमा पहिलोपटक रथयात्रा निकाल्ने तयारी भइरहेको छ।श्री गहवामाई मन्दिरको ११ अौ वार्षिकोत्सबको अवसरमा श्री गहवामाई रथयात्रा समितिले भब्य रुपमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

नेपाल र भारतका ख्याति प्राप्त हिन्दुहरुको सो रथयात्रामा ३० देखि ३५ हजार भक्तजनहरु सहभागी हुने समितिका महासचिव पप्पु गुप्ताले बताएका छन् ।समितिले अषाद ५ गते रथयात्रा बिहान ६ बजे गहवामाई मन्दिरको प्रारङ्गबाट निकाल्ने तयारी भइरहेको महासचिव गुप्ताले बताए । कार्यक्रमलाई भब्य र सभ्य पार्न बारा,पर्सा र रौतहट जिल्लाका भक्तजनहरुलाई धेरै भन्दा धेरै उपस्थित भएर सोभा बढाउन अपिल गरिएको छ।

रथयात्र पहिलोपटक भएकोले उक्त कार्यक्रमलाई सोभा बढाउन अति आवश्यकता भएकोले यसै समाचारको माध्यम बाट उपस्थित हुन समेत समितिले आग्रह गरेका छन। मध्ये तराई अर्थात मधेस प्रदेशको प्रसिद्ध गहवामाई मन्दिर अहिले विश्व सामु पहिचान बोकेको धार्मिक मन्दिर मध्ये गहवामाई एक मन्दिर पनि रहेको महासचिव गुप्ताले बताए ।

रथ निर्माणमा अहिले १० जनाले बिहान ६ बजेदेखि राति १० बजेसम्म लागेर अन्तिम चरणमा रहेको समितिका उपाध्यक्ष देवानन्द प्रसाद कलवारले बताएका छन् । उपाध्यक्ष कलवारले बताए अनुसार ५ गते लागि तयारी भइरहेको छ सो रथ २र ३ गते तयारी सम्पन्न गर्ने र एक पटक ट्रायल पनि गर्ने छौ भनेर बताए ।

रथ यात्रा समितिका कोषाध्यक्ष रबि अग्रवालको भनाइ अनुसार रथयात्र सहयोगका लागि भक्तजनहरुले दानपेटिकाको ब्यवस्था समेत गरिएकोले भक्तहरुले सो दानपेटिकामा सहयोग गर्न समेत अपिल गरेका छन् । बिहान बेलुकी मन्दिरको प्रारङगमा काउन्टर राखेर रसिद कात्ने ब्यवस्था समेत गरिएको र धोव्जयात्रको रु ५०१र रुपैया ५६ भोग रु५१०१ ररुपैया रयात्रको सावमुनि भनेको ५१ किलो बुनियाको प्रसाद रु८१००र रुपैया ,महाभन्डारा रु११ हजार राखिएको रथ निर्माणमा एककियुफि काठ रु ११००१र हजार ज्यालादारी सहयोग गर्न सकिने कोषाध्यक्ष अग्रवालले बताएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ