दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म आदिपुरुषु काठमाडौं उत्यकाभित्र प्रदर्शनमा आएको छ। बिहीबार ुजानकी भारतीय छोरी हुन्, भन्ने संवादलाई लिएर विवाद भएसँगै बिहानी शो रद्द गरिएको थियो।
नेपालको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ११ बजेदेखि काठमाडौं उपत्यकामा फिल्म प्रदर्शन गरेको छ । नेपालमा जानकी भारतकी छोरी हुन् भन्ने शब्द सच्याएर पठाईए पनि भारतमा सच्चिएको छैन ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ुजानकी भारतीय छोरी हुन्ु भन्ने संवाद भारतबाट पनि नहटेसम्म काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने बताएका थिए । मेयर शाहले उक्त शब्द हटाउन तीन दिनको समय दिएका थिए ।
ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभास रामको भूमिकामा देखिएका छन् भने कृति सेनन सीताको भूमिकामा देखिएकी छन्। सैफ अली खान रावणको भूमिकामा देखिएका छन्।