हामी निकै हतारिएका र आशंकित पनि छौँ । हामीलाई उपलब्धी चाहिएको छ । तर त्यो कसैलाई गालि गरेको कुराको बदलामा लिने कोसिस भैरहेको छ । यो तरिका राम्रो होइन नीे । जस्तो अहिले डा. सुरेन्द्र, सभाषद भैसकेका ज्ञानेन्द्र शाही, नेता हुने जमर्कोमा रविलामिछाने, ठूला उद्यमीको श्रेणीमा पुग्दै गरेका दुर्गा पर्साई जस्ता वाक्श्रेणीमा उक्लिएका मान्छेहरुको कुरा सुनेर जनता अचम्म मान्दैछन । केही समय यिनीहरुको कुराले चिउरा भिज्ला तर कुराले भिजेको चिउरा कति दिन टिक्छ र कति मिठो हुन्छ भन्न गारो छ । वास्तवमा त्यो मिठो र सुपाच्य नै हुँदैन । यसैले समझदार र विद्वान मान्छेले बुझ्नु पर्छ की उसले केही समय केहीलाई अलमल्याउन त सकिन्छ तर सधै त्यसो गर्न सकिदैन ।
हामीले अमेरिकी र खैरो छाला भएको कुनै पनि व्यक्तिलाई ठूलो र विद्वान भन्ने सोच बनाएका छौँ । यो नै हाम्रो पहिलो कमजोरी हो । अब सोच्नुपर्छ आफैले म नै यो संसारको उत्कृष्ट व्यक्तित्व हो भन्ने सोच बनाउनु पर्छ । मैले नै यो संसार बदल्न सक्छु भन्ने आत्मबलका साथ काम गर्नुपर्छ । अशान्त क्षेत्रलाई शान्ति क्षेत्र बनाउन सक्छु भन्ने दृढता हुनुपर्छ । गरिवीलाई सम्पन्नतामा बदल्ने क्षेमता म मा मात्रै छ भन्ने आँट लिएर काम गर्नुपर्छ । अर्काको आशिर्वाद र निगाहबाट हामी मुक्त हुनुपर्छ । यद्यपी राम्रा कुराहरु सबैको ग्रहणको लागि शिक्षा प्रद हुने गरि प्रस्तुती दिन सक्नु पर्छ । राम्रा बिषयहरु सधै शिक्षाप्रद हुन्छन । यसै सन्दर्भमा भन्नु पर्दा सधै चिच्याएर ठूलो हुने महानुभावहरुले सोच्ने कुरा भनेको सधै जनतालाई मूर्ख बनाउन सकिदैन । एक दुई दिन मिठा कुरा गरेर भूल्याउन सकिएला तर त्यो दीर्घकालिन हुँदैन । यससन्दर्भमा पश्चिमानै भएपनि अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको भनाई यहाँ उठाउनु उपयुक्त लागेको छ । उनले भनेका थिए तिमी केही मान्छेलाई केही समयको लागि मूर्ख बनाउन सक्छौ तर ति सबैलाई सधैको लागि भने मूर्ख बनाउन सक्दैनौ । यो कुरा नबुझ्नेले के संसार बदल्न सक्छ र? यो कुरा, सुरेन्द्र, रवि, ज्ञानेन्द्र र दुर्गाले पनि बुझ्नुपर्छ । अन्यथा यि सबैको दुर्गतीओलीको जस्तै हो ।
वाक्श्रेणीमा नेपालकै शिर्ष ओहदामा रहेका ओली निकै माहिर र ठट्यौलो बक्ता देखिए । उनले चुनाबको बेलामा ग्यास घरघरमा पाईपलाईनबाट जोडीदिन्छु भने, रेल र पानी जहाज यात्राको सपना देखाए, बेरोजगारलाई खल्तिमा पैसा राखिदिन्छु पनि भने । यि सबै उनले गफमा गरे । तर ओलीले के गरे छँदाखाँदाको आफ्नो शीर्षपद गुमाएर सडकमा पुगे । अहिले जस्लाई जति गाली गरेपनि त्यो वैभब र शान उनको लागि सधैको आकांक्षामात्र बनेको हो । हो ओली पनि यो देशमा प्रधानमन्त्रि भए । उनले पाएको विरासत उनै हामीले विभूति भनि श्रद्धा गरिएका भीमसेन थापा, देव शम्शेर, मातृका प्रसाद कोईराला, के.आई. सिंह, मनमोहन अधिकारी जस्ता गुणवान हस्तिहरुकै त हो । तर विचरा ओलीले त्यो अभिभारा लिन सकेनन । फोकटका कुरा गरेको भरमा देशको अस्तव्यस्तताको सगरमाथा नै बनाए । तिनले यसो गर्नु हुने थिएन नी । गरे बुद्धिले त्यसै भन्यो । हो उनको बुद्धि विग्रेकै भन्नुपर्छ ।
अहिले युवामा बालेन शाह, हर्क शांपाङ जस्ता पौरखीहरु देखिएका छन नी । यिनीहरुले कमसेकम अरुभन्दा फरक ढंगले काम गर्न शुरुगरे । कुनै शिर्ष नेताले गर्न नसकेको काम यिनीहरुले गर्दैछन । हो ग्रेटर नेपालको नक्सा कार्यालयमा राखे । यो नक्सा कार्यालयमा राख्नेमात्र होईन अब सुगौली संधिको निहुमा खोसिएको जमिन फिर्ता गर्नु पर्छ । हामी त्यो जमिन फिर्ता गर्छौँ । किनभने त्यहाँ हाम्रा पुर्खाको रगत बगेको छ । त्यो जमिन हाम्रो हो र हाम्रै छ र हाम्रै हुन्छ ।
सुगौली संधिको निहुँमा भारतमा परेको जमिन फिर्ता गर्ने हाम्रा बलिया आधार छन र अहिले त्यस्ता आधारहरु सबल हुँदैछन । यसको लागि सं. १९५० संन्धिको धारा ८ ले यस पूर्वका सबैं संधि संझौता खारेज भनेर लेखिसके पछि भारतले नै त्यो जमिन फिर्ता गर्नुपर्ने थियो । त्यसो नगरेर उल्टै काला पानी हडप्ने र सिमाको पिलर भत्काउने, जस्ता अपराध भारतले गरिरहेको छ । यसो गर्नु हुन्छ ? ए ठूलो देश भारतका साशकहरु हो । तिम्रो बल मिच्याई कतिदिन टिक्छ भनेर भारतलाई संझाउनु परेको छ ।
नेपाल एकिकरण अभियानको लागि हामीलाई एतिखेर चिनको र शार्क रष्ट्रका मित्रहरुको सहयोगको खाँचो छ । हामीले अनुरोध गर्ने वित्तिकै त्यो सहयोग पाइन्छ । किनभने भारत शार्क समूहबाट अलग्गै रहेर दादा गिरी गरिरहेको अबस्थामा छ । यो दादा गरि समाप्त गर्न भारतलाई पाठ सिकाउनै पर्छ । भारतीय विद्वत समूदय पनि विवेकहीन छैनन । उनिहरुले पनि हामीलाई साथ दिन्छन । सुगौली संन्धिको निहुमा भारत अधिनस्थ जमिन भारतले फिर्ता नगर्दासम्म नेपाल भारत सम्बन्ध राम्रो हुँदैन । भारत विश्वको महाशक्तिमध्येको एउटा बन्ने सपना पनि अधुरै हुन्छ । देश सानो ठूलोको के कुरा इजरायल जस्तो सानो देशले त्यत्रो पौरख संसारलाई देखईरहेको छ । यो कुरा भारतले सोच्नु पर्छ । यसैगरि भारत बाहेकका सबै शार्क राष्ट्रहरुले नेपाललाई अबस्य पनि साथ दिन्छन । यो कामको लागि बलियो सहयोग चिनसंग लिनु पर्छ । जसरी आफ्नो भूभाग हंकङ् चिनले फिर्ता लियो । त्यसै गरि ताईवान फिर्ता लिने क्रममा छ । चिनलाई ताईवान लगायतका क्षेत्र समेटेर चिनलाई बलियो राष्ट्रबनाउने कुरामा नेपालले साथ दिने नेपालले आफ्नो गुमेको भूभाग लिन चिनबाट सहयोग लिने काममा सकृय हुनुपर्छ । यति गर्ने वित्तिकै नेपालको भूमि हामी प्रप्त गर्दछौँ । भारतीयको दादागिरी पनि चल्दैन । यस अर्थमा बालेन र सांङ्पाङ्लाई धन्यवाद दिनुपर्छ र यो काममा अग्रसरता राख्न साथ दिनुपर्छ ।
अहिले प्रधानमन्त्रि प्रचण्डलाई ठूलो मौका मिलेको छ . गोर्खाबाट चुनाव लडेर जित हासिल गर्नु,थियो जितेपनि । जित्नुमात्र ठूलो कुारा थिएन प्रधानमन्त्रिको जिम्मेवारी समेत पाए । यो मौका पाउनु ठूलो कुरा हो । साच्चै यो प्रचण्डले सोच्नुपर्ने कुरा हो । उनले यो मौका पाउनु साच्चै नौलो र ठूलो कुरा नै हो । जनताले पनि यसपटक प्रचण्डले केही गर्छन भन्ने आशय राखेका छन । त्यसैले प्रचण्डले बुझ्नु पर्ने कुरा अहिले शक्ति राष्ट्र अमेरिका समेत युक्रेन युद्धको खाडलमा जाकिएको अवस्थामा छ । उसले एमसिसिको झिनो अंकुश लगाएर चिनलाई घेर्ने सोच बनाउनु अमेरिकाकै लागि घातक हो । यद्यपी यो प्रयाश अमेरिकाले गरिरहेको छ । यसरी षढयन्त्रपूर्ण तरिकाले गरियको दुष्प्रयाशलाई बुद्धिमतापूर्ण व्यवस्थापन गरेर पन्छाउनु पर्छ ।
हो एमसिसि पास गरियो त्यो अमेरिकासंग सम्बन्ध निरन्तरताको बाध्यता मैले बुझे । यतिसम्मको अर्थमा हुन्छ ठिकै भनिएला । तर यसको कार्यान्वयन गर्ने क्रममा प्रचण्ड कम्म्रेड होसियार हुनु पर्छ । यो प्रोजेक्ट अमेरिकाको होईन नेपालको हो । हाम्रो देशको कानून अनुसार कार्यान्वयन हुनु पर्छ । सुरक्षा अमेरिकाले नेपालको प्रोजेक्टलाई दिईरहनु पर्दैन । नेपाली सुरक्षा कर्मी संसारमा कहलायका छन । यसैले यो प्रोजेक्टको सुरक्षा हामी नै गर्छौँ भनि दिनोस् प्रचण्ड कम्म्रेड । सबै समस्याको समाधान हुन्छ ।
प्र्रचण्ड भ्रष्टाचारी माथि निर्मम हुनु पर्छ । भ्रष्टाचार निराकरण भएपछि सबै खाले समस्याको समाधान हुन्छ । देश बर्बाद गर्ने भनेको भ्रष्टाचार नै हो । यसैले त चिनले भ्रष्टाचारीलाई मृत्यूदण्ड नै दिने गरेको छ । यतिमात्र होइन नेपालमा भएका हत्याकाण्डहरुको छानविन गर्न प्रचण्ड कठोर हुनुपर्छ । मदन भण्डारको हत्या कसरी भयो ? दरबार हत्याकाण्ड कोबाट भएको थियो ? भन्ने कुराको यथार्थ पत्तालगाएर अपराधीलाई कारवाही गर्नुपर्छ । यो गरिएन भने यिनै अपराधीको चुरीफुरी संगै देश बर्बाद हुन्छ । यसको साथै वि.सं. २०४६ साल पछि बेचिएका संस्था र उद्योगको सम्पत्ति कहाँ र कस्को हातमा परेको छ । छानवीन गरि संस्थाको सम्पत्ति हिनामिना गर्नेलाई कडा कारबाही गर्ने र ति बन्द उद्योगहरु संचालनमा ल्याउनुपर्छ । देश भित्रै रोजगारीका अवसर प्रसस्त गर्ने र वैदेशिक रोजगारको कुरा करिव समाप्त नै गर्नुपर्छ । हामीले देशबाट श्रमिक पठाउने होईन नि विशेषज्ञ पठाउनु पर्छ । कृषि उत्पादन बढाएर यहाँको गुणस्तरीय खाद्य पदार्थ विदेशी बजारमा बेच्नुपर्छ । जडिबुटि प्रसोधन गरेर संसारलाई स्वास्थ्य उपचारको अवसर दिने आधार बलियो बनाउने र नेपाललाई अन्तर्राष्ट्रिय स्तरको दरो स्वास्थ्य उपचार केन्द्र बनाउनुपर्छ । जलश्रोत र पर्यटनलाई सबल बिकासको आधार बनाउनुपर्छ । यति गर्ने वित्तिकै यो देश धनि भै हाल्छ नी । यो काम गर्न सक्ने ताकत प्रचण्डमै छ ।
भर्खरैको भारत भ्रमणले ठिकै सन्देश दिएको छ । छिमेकीसंग झगडा होईन बुद्धिले काम लिनुपर्छ । सिमा रक्षाको निमित्त जे कुरा उठेको छ त्यो ठिकै हो । बंगला देशको व्यापारिक निकास पाउने गरि व्यापारिक मार्ग लिनु ऐतिहासिक उपलब्धी हो । साथै समुद्रसम्मको पहुँच नेपालले पाउनै पर्छ । त्यसै गरि जोगबनीमा कार्गो रेल आउने भएपछि नेपालको व्यापारिक आधार बन्न सक्छ । रेलमार्ग देखि कृषि व्यवसायको कुरा र मुर्राभैसी दिएको कुरालाई ठट्टा र हेपिएको ठान्नु आफैमा लघुताभाषको कुरा हो । यसैले प्राप्त उपलब्धीलाई सुरक्षित गर्दै कुटनीतिक माध्यमबाट कपिलबस्तु र लुम्बिनी भारतीय नक्सामा किन समेटियो औला ठड्याएर भन्न सक्नुपर्छ ।
हामीले पनि हाम्रो संसद भवनमा ग्रेटर नेपालको नक्सा राख्ने र यो भूमि फिर्ता लिने प्रयाश गर्नु पर्छ । अहिले गोर्खा एकिकरणका संबाहक योद्धा पृथ्वी नारायण शाहकै क्षेत्रबाट विजित हुन पुगेका प्रचण्डलाई अब कमजोर ठान्नु र गाली गर्नुभन्दा पनि उनको असल कामलाई सहयोग गर्ने र गलत भए यो गलत भयो भनि दिनु पर्छ । यो सुनेर प्रचण्डले आफूलाई सुधार गर्दै जानु पर्छ । यदी यसरी कृयाशील हुन सके प्रचण्ड नेपालको एकिकरण अभियानका सफल योद्धा हुने र संसारमालाई नै शान्तिको सन्देश दिएर शान्ति पुरस्कार विजेता हुन सक्ने अवसर प्रचण्डलाई नै छ । यो अवसर यिनले गुम्न दिने छैनन । यिनकै पालामा देश सम्बृद्ध हुने छ र यो देशको विशालता कायम हुने छ ।