बर्षाले खेल रद्ध भएपछि नेपाल र भारतले अंक बाँडे

बर्षाले खेल रद्ध भएपछि नेपाल र भारतले अंक बाँडे

  • बिहिबार, जेष्ठ ३२, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

जेठ ३२ एजेन्सी । एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा आज नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ । आज नेपालले भारत बिरुद्ध खेल्ने तालिका थियो । तर वर्षा निरन्तर भएपछि टस नभई रद्ध हुँदा नेपाल र भारतले एक एक अंक बाँडेका छन् ।

जारी प्रतियोगितामा नेपाली टोलीको यो दोस्रो खेल थियो । नेपाली टोली आफ्नो पहिलो खेलमा भने पाकिस्तान ’ए’ सँग पराजित भएको थियो ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको थियो ।

समूह ‘ए’ मै रहेको भारत दुई खेलबाट तीन अंक जोड्दै पहिलो स्थानमा आसिन छ । तालिकाको दोस्रो स्थानमा आसिन पाकिस्तानले पनि दुई खेलबाट तीन अंक जोडेको छ । आयोजक राष्ट्र हङ्कङ दुई खेलबाट एक अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ ।

भारतले आफ्नो पहिलो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो ।

प्राविधिक कारणले अन्तिम समयमा आएर थाइल्यान्डले प्रतियोगिता नखेल्ने भएपछि यो प्रतियोगितामा नेपालले सहभागिताको अवसर पाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ