काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक सकिएको छ । बिहीबारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो कार्य योजना पेस गरेका छन् ।
कार्कीले समितिमा आफ्नो कार्य योजना पेस गरेपछि बैठक शुक्रबार बिहान बस्नेगरी सकिएको छ । शुक्रबार बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशसँग समिति सदस्यहरूले सवाल जवाफ गर्नेछन् ।
कार्कीमाथि परेका उजुरी र उनले पेस गरेका कार्य योजनाबारे सवाल जवाफपछि कार्कीको नाम अनुमोदन गर्ने तयारी छ ।
संसदीय सुनुवाईबाट उनको नियुक्तिको सिफारीस अनुमोदन भएपछि न्यायपरिषद्ले उनलाई प्रधानन्यायधीश बनाउनेछ ।
उनी उमेर हदका कारण एक महिना भन्दा कम समय मात्रै प्रधानन्यायधीश हुन पाउनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline