नेपालले आज फिलिपिन्स बिरुद्ध अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटवल खेल्दै

नेपालले आज फिलिपिन्स बिरुद्ध अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटवल खेल्दै

  • बिहिबार, जेष्ठ ३२, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

जेठ ३२ काठमाण्डौँ । नेपाली राष्ट्रिय फुटवल टोलीले आज बलियो प्रतिद्धन्दी फिलिपिन्स बिरुद्ध मैत्रीपूर्ण फुटवल खेल्दैछ । नेपाली समय अनुसार बेलुकी पौने ५ बजे मनिला स्थित रंगशालामा खेल हुनेछ ।

यो खेलमा नेपालका लागि ईटालियन प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनिसको परीक्षा हुनेछ । उनले बनाउने रणनीतिले नेपालको प्रदर्शनको मापन हुनेछ । यस अघि फिलिपिन्स बिरुद्ध नेपालको प्रदर्शन कमजोर रहने गरेको थियो ।

भारतको बेंग्लोरमा हुने साफ च्याम्पियनसिप २०२३ को ६ दिनअघि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिलिपिन्सको सामना गर्न लागेको हो । फिलिपिन्ससँग अहिले सम्म भएका पाँच खेलमा नेपालले एकमा बराबरी र चारमा हार व्यहोरेको छ ।

टिम सम्हालेयता एनिसको यो नेपालका लागि तेस्रो खेलमात्र हुनेछ । अहिलेसम्म खेलेका दुई खेल लाओस र भुटानविरुद्ध छन् । त्यो थ्री नेसन्स कपमा हो । यी दुवै खेलमा नेपाल अपराजित छ ।

राष्ट्रिय टोलीले लामो तयारी गर्न नपाएकाले पनि प्रशिक्षक केही दबाबमा हुनेछन् । घरेलु लिगबाट टोली समयमै रिलिज नहुँदा साफका लागि नेपालले बलियो तयारी गर्न सकेको छैन ।

नेपालले यसपल्ट साफ च्याम्पियनसिपमा भारत र पाकिस्तानसँगै कुवेतको सामना गर्दै छ । यो वर्षबाट दक्षिण एशिया बाहेकका दुई वटा देशले पनि साफमा आमन्त्रित रुपमा प्रतिस्पर्धा गर्दैछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ