प्रस्तावित प्रधानन्यायधीश हरीकृष्ण कार्कीसँग परेका उजुरीबारे आज प्रष्टीकरण लिईने

प्रस्तावित प्रधानन्यायधीश हरीकृष्ण कार्कीसँग परेका उजुरीबारे आज प्रष्टीकरण लिईने

  • बिहिबार, जेष्ठ ३२, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ । संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज प्रष्टीकरण लिने भएको छ । आज बिहान ८ बजे समिति बैठकमा उपस्थित हुन कार्कीलाई सन्देश पठाइएको समितिका सदस्य डीपी अर्यालले जानकारी दिए ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो । लामो समयदेखि कार्याबहाक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीश सिफारिस गरिएको थियो ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिसमा परेका कार्कीलाई उनी विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।

उनीविरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरी दिनेहरुसँग छलफल गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ