प्रस्तावित प्रधानन्यायधीश हरिकृष्ण कार्की बिरुद्ध उजुरी गर्नेसँग छलफल

प्रस्तावित प्रधानन्यायधीश हरिकृष्ण कार्की बिरुद्ध उजुरी गर्नेसँग छलफल

  • बुधबार, जेष्ठ ३१, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

जेठ ३१ काठमाडौँ । प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने २९ जनामध्ये २३ जना उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिले छलफल गरिरहेको छ । बुधबार बिहान ११ बजेपछि उनीहरूसँग समितिका सदस्यहरूले छलफल गरिरहेका छन् ।

बैठकमा प्रत्येक उजुरीकर्तालाई बोल्नका लागि १० मिनेटको समय छुट्याइएको छ । समान प्रकृतिका ३ उजुरी परेकाले समान किसिमका उजुरीकर्तालाई सँगै बोलाइएको छ ।

प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीको बिहीबार संसदीय सुनुवाइ हुनेछ । समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो । कतिपय उजुरीकर्ताले कार्की एमाले कार्यकर्ता भएकाले निष्पक्ष न्याय सम्पादन हुन नसक्ने आरोप लगाएका छन् ।

उजुरीकर्ताले कार्कीविरुद्ध लगाइएको आरोपमा भनिएको छ, ‘कुनै पार्टीको सक्रिय राजनीतिमा रही काम गरी बिटुलिएको मानिस कसरी सर्वोच्च अदालतजस्तो न्यायको मन्दिरमा न्यायाधीश नियुक्त हुन सक्छ ? ’

कार्कीलाई आफ्नै ल फर्मका साझेदार अग्नि खरेलले न्यायाधीश बनाएको ती उजुरीकर्ताको आरोप छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ