पशुपतिको सुनकाण्डः सदस्य सचिव थापा धुरुधुरु रुदैँ भन्छन्, तात्कालिन राष्ट्रपति र प्रधानमन्त्रीको निर्देशन मान्दा दुखः पाईयो
जेठ ३० काठमाण्डौँ । पशुपतिनाथ मन्दिर भित्रको शिवलिंगमा चढाइएको सुनको जलहरी काण्डमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुुमार थापाले उक्त कार्य तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको बताएका छन् ।
आज राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा स्पष्टिकरण दिँदै थापाले भने,‘तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिवरात्रीभरमा उक्त कार्य सकाउन निर्देशन भयो । सोही अनुसार काम सम्पन्न गरिएको हो ।’
नेपाली सेनाको २४ घण्टे ड्युटीमा उक्त जलहरी तयार भयो । ती भिडियोहरू अहिले पनि यदाकदा अनलाइनमा आइरहेको छ ।
उनले जलहरीमा १० केजी सुन नपुगे आफूलाई मृत्युदण्ड दिए हुने भन्दै आँशु झारेका थिए ।
के जलहरी काण्डमा मैले पनि आत्महत्या गर्नु पर्ने हो माननीय ज्यूहरु भन्दै उनी एकैछिनपछि भक्कानिएर रुन थालेका थिए ।
मेरो गाँउभरी बेईजत भएको छ, सुन चोर भन्छन्, यो के हो ? पत्रकारहरुले यथार्थ नबुझि सुनचोर भनेर लेख्छन् । मेरा दुई सन्तान छन् । के गरु ? उनी भक्कानिदै भन्दै थिए ।