जेठ ३० काठमाण्डौँ । नागरिकता माग गर्दै एक युवकले माईतीघरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । आत्मदाहको प्रयासपछि प्रहरीले तत्काल उद्धार गरी ती युवालाई ट्रमा सेन्टरमा पठाएको थियो । त्याहाँ अहिले उनको उपचार भईरहेको छ ।
त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेका छन् ।
उनका हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । उनका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । १८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेका निरज पछिल्लो पाँच वर्षदेखि नागरिकताका लागि आन्दोलनरत छन् ।
‘
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline