एशिया ईमर्जिङ वुमन्स टिम कपः नेपाल पाकिस्तानसँग ९ रनले पराजित

एशिया ईमर्जिङ वुमन्स टिम कपः नेपाल पाकिस्तानसँग ९ रनले पराजित

  • मङ्लबार, जेष्ठ ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

जेठ ३० काठमाण्डौँ । एशिया क्रिकेट काउन्सीलको आयोजनामा शुरु भएको वुमन्स ईमर्जिङ टिम्स कपमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ ।

नेपालले उत्कृष्ट फिल्डिङ गर्दै पाकिस्तानलाई १९.२ ओभरमा ८७ रनमा अलआउट गरेको थियो । जवाफमा ८८ रनको लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर मात्र ७८ रन बनायो । नेपालका लागि ईन्दु बर्माले सर्वाधिक ३ विकेट लिएकी थिईन् । त्यसै गरी कविता कुवर, कविता जोशी, सिता राना मगरले दुई दुई विकेट लिएका थिए ।

नेपालका लागि कविता कुँवरले २० रन बनाउदै आउट हुँदा कविता जोशीले अविजीत १५ रन बनाईन भने अन्य ले दोहोरो रन बटुल्न सकेनन् ।

पाकिस्तानका सवाल जुल्फिकरले सर्वाधिक २८ रन बटुलेकी थिईन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ