प्युठान दुर्घटनामा मृत्यु हुने सात जनाको पहिचान खुल्यो

प्युठान दुर्घटनामा मृत्यु हुने सात जनाको पहिचान खुल्यो

  • मङ्लबार, जेष्ठ ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

दाङ । प्यूठानमा स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कदै गरेको कार दुर्घटना हुँदा मृत्यु भएका ७ जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा परि मृत्यु भएका ८ जना मध्य ७ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशिल थापाका अनुसार दुर्घटनामा दाङको तुलसीपुर– १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल, उहाँका छोराहरू १४ वर्षका विशाल पोखरेल र ९ वर्षका विकास पोखरेल । त्यस्तै, दाङको लमही नगरपालिका– ७ गडुवाका ४० वर्षीय गोविन्द शाह, उहाँकी श्रीमती ३० वर्षीय राधा नेपाली र उहाँका छोरा ९ वर्षका आदित शाहको मृत्यु भएको हो ।

यस्तै, कार चालक दाङको लमहीका ताराबहादुर कुमालको पनि मृत्यु भएको छ भने एक जनाको सनाखत हुन बाँकी छ । कार अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका– ४ उपल्लो भिंग्रीमा लु १ च ६३४५ नम्वरको कार दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ