जेठ २८ काठमाण्डौँ । आइसिसी एकदिवसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली जिम्बावेतर्फ गएको छ । दक्षिण अफ्रिकामा दश दिन तयारी गरेपछि नेपाली टिम उतैबाट आज जिम्बावे गएको हो। दक्षिण अफ्रिकामा रहदा नेपालले दुई अभ्यास खेलेको थियो। स्कटल्यान्ड र नेदरल्यान्ड्स दुवै टिमविरुद्धको अभ्यास नेपाल कमजोर ब्याटिङ गर्दा पराजित भएको थियो ।
अब नेपालले जिम्बावेमा प्रतियोगिताअघि ओमान र युएईसँग वार्मअप खेल खेल्नेछ।
१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
नेपालले पहिलो खेल असार ३ गते जिम्बाबेसँग खेल्नेछ । त्यसपछि दोस्रो खेल नेदरल्याण्डसँग असार ५ मा खेल्नेछ भने अमेरीकासँग असार ७ र अन्तिममा वेष्ट ईन्डिजसँग असार ९ गते प्रतिस्पर्धा गर्नेछ ।
पाँच –पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन(तीन टिम पुग्नेछन्।
सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर(नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।
विश्वकप छनोटका लागि नेपाली टिम
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो।