जेठ २८ कन्चनपुर । कञ्चनपुरको बनबासानजिकै पर्ने भारतीय बजार खटिमास्थित चकरपुरमा भएको सडक दुर्घटनामा ४ जना नेपालीको मृत्यु भएको छ। मृतक सबै एकै परिवारको हुन्। शनिबार दिउँसो कार र दुई स्कुटर एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको हो।
कञ्चनपुरस्थित भीमदत्त नगरपालिका २ उल्टाखाम घर भई भारतको खटिमास्थित मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २७ वर्षीया बुहारीहर नर्मदा चन्द र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको हो । उनीहरू पूजाका लागि नेपाल फर्किरहेका थिए। पूजापाठपछि स्कुटरमा मुडेली फर्किरहेका उनीहरूलाई तिव्र गतिमा आएको कारले उनीहरू सवार दुवै स्कुटरलाई ठक्कर दिएको थियो।
एक स्कुटरमा नमबहादुर र उनकी श्रीमती र अर्कोमा दुई बुहारी सवार रहेकोमा कारले दुवैलाई ठक्कर दिएको हो। एकै परिवारका चार जनाको मृत्यु भएपछि चन्द परिवार शोकमा परेको छ ।
मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।