थ्री स्टारलाई रेलिगेसनबाट जोगाएपछि बिक्रम लामाले लिए सन्यास

थ्री स्टारलाई रेलिगेसनबाट जोगाएपछि बिक्रम लामाले लिए सन्यास

  • शनिबार, जेष्ठ २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

। ए डिभिजन लिगको अन्तिम खेलमा छिमेकी टोली जावलाखेल युथ क्लबलाई हराउँदै ललितपुरको थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसनबाट जोगिएको छ ।

दशरथ रंगशालामा शनिबार भएको जित्नै पर्ने लिगको अन्तिम खेलमा थ्रीस्टारले जावलाखेललाई १–० गोलले हरायो । थ्रीस्टारको जितसँगै विभागीय टोली नेपाल एपिएफ क्लब रेलिगेसनमा परेको छ । एपिएफ १८ वर्षपछि ‘बी’ डिभिजनमा घटुवा भएको हो ।

यसअघि एफसी खुमलटार रेलिगेसनमा परिसकेको छ । थ्रीस्टारको जितमा कप्तान विकक्रम लामाले ८३औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्नुभयो । डीबक्स भित्र प्रमिन श्रेष्ठले कप्तान विक्रम लामालाई लडाएपछि थ्रीस्टारले पेनाल्टीको मौका पाएको थियो ।

जित्नै पर्ने खेलमा थ्रीस्टारलाई जिताएसँगै विक्रम लामाले सक्रिय खेल जीवनबाट सन्यास लिएका छन् । लामाले लिगको अन्तिम खेलसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

थ्रीस्टारममा डेढ दशक बिताएका विक्रमलाई सन्यासका क्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले कोट लगाईदिएर विदाई गरे ।

विक्रमले सन् २०१३ फेब्रुअरी ६ मा पाकिस्तानविरुद्ध राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । उनले राष्ट्रिय टोलीमा ३० खेल खेलेका छन् ।

अन्तिम खेलको जितसँगै थ्रीस्टार नवौं स्थानमा रह्यो । थ्रीस्टारले २६ खेलबाट ३२ अङ्क बनायो । समान खेलबाट ३७ अङ्क बनाएको जावलाखेल चौथो स्थानमा रह्यो ।

चर्च ब्वाइज क्लबका रक्षक अनन्त तामाङ लिगकै सर्वोत्कृष्ट खेलाडी घाषित भएका छन् । टोलीलाई लिग उपाधि जिताउन सफल तामाङले लिगमा २२ खेल खेल्दै चार गोल गरेका थिए ।

उपाधिसँगै उनले तीन लाख रुपियाँ पुरस्कार पाए । यस्तै उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजकै एभ्स प्रिसो भए । उनले दुई लाख प्राप्त गरे ।

मणि शाह उदीयमान खेलाडी अवार्ड थ्रीस्टारका लाकेन लिम्बुलाई प्रदान गरियो । लाकेनले एक लाख ५० हजार रुपियाँ प्राप्त गरे । सार्वधिक गोल कर्ताको पुरस्का मच्छिन्द्रका ओलावाले आफिजले पाए ।

उनले २३ गोल गरेका थिए । उपाधिसँगै उनले दुई लाख रुपियाँ पाए । फेयर प्ले अवार्ड जितेको पुलिसलाई तीन लाख रुपियाँ पुरस्कार प्रदान गरियो ।

लिगको उपाधि एक खेल अगावै चर्च ब्वाइजले जितेको थियो । उपाधिसँगै चर्च ब्वाइजलाई ७५ लाख रुपियाँ पुरस्कार प्रदान गरियो । यस्तै दोस्रो भएको मच्छिन्द्रले ५० लाख रुपियाँ पुरस्कार पायो ।

दशरथ रंगशालामा शनिबार नै भएको लिगको अन्तिम खेलमा मच्छिन्द्रले मनाङलाई ३–१ गोलले हराउँदै लिगको सुखद अन्त्य गरेको थियो । तेस्रो भएको नेपाल पुलिस क्लबले २५ लाख रुपियाँ पायो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ