प्रधानमन्त्री प्रचण्डले पहिलो पटक पशुपतिको दर्शन गरे

प्रधानमन्त्री प्रचण्डले पहिलो पटक पशुपतिको दर्शन गरे

  • शनिबार, जेष्ठ २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार साँझ पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। केही मन्त्रीहरूसहित प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथ पुगेका थिए।

उनलाई पशुपतिनाथमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव लगायतले स्वागत तथा बिदाई गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरमा जल चढाएका थिए। साथै, उनले महादेव र शिवको पूजा समेत गरेका छन्।

उनी झण्डै १ घन्टाजति पशुपतिमा बसेको बताईएको छ । केही समय अघि भारतमा गएर उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजा गरेको तर नेपालकै पशुपतिनाथको मन्दिर नगएको भन्ने समेत टिप्पणी भएका बेला उनी पशुपति पुगेका हुन् । यस अघि दुई पटक प्रधानमन्त्री हुँदा पनि उनी पशुपति गएका थिएनन् ।

प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा। प्रकाशशरण महत, पररराष्ट्रमन्त्री एनपी साउद, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती पनि पशुपति पुगेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ