नक्कली भुटानी शरणार्थी प्रकरणः नाम कहलिएका वकिलले गरेको बहसबाट न्यायधिशलाई नै पट्यार ?

नक्कली भुटानी शरणार्थी प्रकरणः नाम कहलिएका वकिलले गरेको बहसबाट न्यायधिशलाई नै पट्यार ?

  • शनिबार, जेष्ठ २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

जेठ २७ काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबारसम्म प्रतिवादीका तर्फबाट ३८ जना कानून व्यवसायीले थुनछेक बहसमा भाग लिएका छन् । आइतबारदेखि थुनछेक बहस सुरु भएकामा सुरुमा तीनदिन सरकारी वकिल कार्यालयले जाहेरवालाको तर्फबाट बहस गरेका थिए ।

प्रत्यक प्रतिवादीले फरक फरक कानुन व्यवशायी राखेका छन् । उनीहरुले मुख्य गरी आफ्नो क्लाईन्टको पक्षमा तर्क गर्ने, उदाहरण र नजिर पेश गर्ने, स्वास्थ्यको कुरा गर्ने आदि गर्दै आएका छन् ।

तर पालै पालो आउने कानुन व्यवशायीका कुराहरु निरन्तर दोहोरिन थालेपछि भने न्यायधीश प्रेम प्रसाद न्यौपानेलाई पट्यार लागेको प्रष्ट देखिएको छ । उनले

जाहेरवालाका तर्फबाट ८ जना सरकारी वकिल र ६ जना निजी वकिलले बहस गरेका थिए । बुधबारदेखि प्रतिवादीतर्फबाट बहस सुरु भएकामा हालसम्म सानु भन्डारी, केशव दुलाल, सागर राई, टंकप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, सन्देश शर्मा, इन्द्रजित राईका कानून व्यवसायीले बहस गरिसकेका छन् ।

प्रतिवादीलाई आगामी मंगलबारसम्म बहसको समय दिएका न्यायाधीश न्यौपाने शुक्रबार भने केही हतास देखिए । रायमाझीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायधिवक्ता रमेश बडालले एउटै कुरा दोहोर्याउँदा न्यायाधीशलाई पनि दिक्क लाग्न सक्ने उल्लेख गरेपछि न्यौपानेले हाँस्दै भनेका थिए, ‘प्रसङ्ग आएपछि छोड्नु हुँदैन ।’

तर त्यसपछिका कानून व्यवसायीलाई भने न्यौपानेले बारम्बार सम्झाएका थिए, ‘यी कुरा अघि नै आइसके, नयाँ केही छ भने भन्नुस् ।’

रायमाझीको तर्फबाट बहस गरेका अर्का अधिवक्ता पर्शुराम कोइरालालाई न्यौपानेले बारम्बार रोकेर नयाँ कुरा भए सुनाउन भनेका थिए । उनले आफूलाई थुनछेक प्रयोजनको लागि मात्र बहस चाहिएकाले त्यसैमा केन्द्रित हुन भने ।
त्यसपछि टोप बहादुर रायमाझीले नै न्यायधीशलाई ईरिटेट भईसक्यो छाड्दिनुस् भनेका थिए ।

‘मलाई चाहिएको मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७, ६८ र ६९ केन्द्रित बहस हो । अरु काम छैन । न्यायधीशले कानुन व्यवशायीहरुलाई भने ।

त्यसैक्रममा न्यायधिश न्यौपानेले टोपबहादुर रायमाझीको तर्फबाट शुक्रबार ५ बजेसम्म बहस सक्न समय दिएका थिए ।
जेठ ३२ गते सम्ममा सबै प्रतिवादीको तर्फबाट बहस सकेर , सरकारी वकिलले जवाफ दिईसकेपछि सोही दिन अभियुक्तहरुलाई जेलमा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने फैसला हुनेछ ।

यो प्रकरणमा अझै ११ जना प्रतिवादीको तर्फबाट बहस हुन बाँकी छ ।

धेरै जसो अभियुक्तहरु हाईप्रोफाईल भएकाले उनीहरुको पक्षमा पूर्व महान्यायधीवक्ताहरु , वरिष्ठ अधिवक्ताहरु र धेरै संख्यामा वकिलहरुले बहसमा भाग लिईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी