पहिचानको नाममा केपी ओली र सुभाष नेम्वाङलाई एम्वुस थापेर हत्या गर्न खोजिएको छ, गृहमन्त्रीले जवाफ दिनु पर्छ : योगेश भट्टराई

पहिचानको नाममा केपी ओली र सुभाष नेम्वाङलाई एम्वुस थापेर हत्या गर्न खोजिएको छ, गृहमन्त्रीले जवाफ दिनु पर्छ : योगेश भट्टराई

  • शुक्रबार, जेष्ठ २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

पहिचानको नाममा केपी ओली र सुभाष नेम्वाङलाई एम्वुस थापेर हत्या गर्न खोजिएको छ, गृहमन्त्रीले जवाफ दिनु पर्छ ः योगेश भट्टराई

जेठ २६ काठमाण्डौँ । एमाले सांसद योगेश भट्टराईले कोशी प्रदेशको नाम राख्ने विषयमा भएको पहिचानको आन्दोलनको नाममा पार्टी अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवास नेम्वाङको हत्या गर्न खोजिएको दावी गरेका छन् ।

पूर्वमा जाँदा पहिचानवादीको नाममा एम्बुस थापेर विभिन्न जिल्लामा मार्न खोजिएको भन्दै भ्टराईले आजको संसदको बैठकमा गृहमन्त्रीले जवाफ दिनु पर्ने माग गरेका छन् ।

“विगत १ महिनादेखि हाम्रो पार्टीका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङको टोली पूर्वको विभिन्न क्षेत्रमा जाँदा झापा, इलामदेखि तेह्रथुमसम्मका सडकमा अवरोध सिर्जना गर्ने, रुखहरू ढाल्ने, ढुङ्गा मुढा गर्ने, कालो झन्डा देखाउने र केही ठाउँमा एम्बुस समेत थापिएको थियो । त्यसको मतलब हाम्रा नेताहरूको हत्याको प्रयास समेत भएको थियो भनेर स्वाभाविक रूपमा बुझ्न सकिन्छ सभामुख महोदय ।”

‘यो बुद्धको देशमा के हुन लागेको हो सभामुख महोदय, हामी कता जाँदैछौँ । यो हिंसा कसले भड्काइरहेको छ ? । भट्टराईले भने ।

उनले ती एम्बुस थाप्न खोज्ने, आक्रमण गर्नेहरु पक्राउ पर्ला, कार्बाही होला भनेको किन भएन ? भट्टराईले जवाफ माग गरेका छन् ।

यसै गरी एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानामाथि ईलाममा आक्रमण भएको, उपसभामुख सृजना दनुवारमाथि उदयपुरमा भएको आक्रमण प्रयासप्रति पनि एमाले सांसदहरले उठेर विरोध जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ