जेठ २५ काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका तात्कालिन गृहमन्त्री राम बहादुर थापाका सल्लाहकार डा. ईन्द्रजीत राईलाई थुन्न नमिल्ने उनका वकिलले तर्क गरेका छन् ।
कानुन व्यशायी दिलकुमारी राईले ईन्द्रजीत राई देशको गहना भएको र भारतबाट नेपालले झिकाएर ल्याएको भन्दै उनलाई थुन्न नमिल्ने तर्क गरिन् ।
ईन्द्रजीत तात्कालिन गृहमन्त्रीको सल्लाहकार मात्र रहेको भन्दै मन्त्री र सचिवलाई नथुन्ने अनि सल्लाहकारलाई मात्रै थुन्ने ? अधिवक्ता राईले प्रश्न गरिन् ।
यसै गरी अर्का वकिल प्रकाश केसीले ईन्द्रजीत रोगी पनि भएकाले थुन्न नहुने तर्क गरेका छन् । सहप्रतिवादीले पोलेकै भरमा थुन्न नहुने उनको तर्क थियो ।
अहिले सम्म ५ जना अभियुक्तहरुको तर्फबाट कानुन व्यवशायीले बहस गरिसकेका छन् । उनीहरुले प्रतिवादीहरुलाई थुन्न नमिल्ने जिकिर गर्दै ाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline