नेपाली काँग्रेसकी सांसद सुशीला थिङ संसदीय दलको सचेतकमा मनोनीत भएकी छन् । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई आज सचेतक मनोनयन गरेका हुन् ।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम प्रतिनिधिसभा सदस्य थिङलाई सचेतकमा मनोनयन गरिएको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।
थिङ समानुपातिकतर्फकी सांसद हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline