साफ् च्याम्पियनसिपका लागि राष्ट्रिय फुटवल टोलीको घोषणा

साफ् च्याम्पियनसिपका लागि राष्ट्रिय फुटवल टोलीको घोषणा

  • बिहिबार, जेष्ठ २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

जेठ २५ काठमाडौं । अर्को महिना भारतको बेङ्गलुरुमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ। ईटालीयन मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बिहीबार २३ सदस्यीय टिमको घोषणा गरेका हुन्।

प्रशिक्षक एनेसले तीन गोलकिपरमा कप्तान किरण चेम्जोङ, विशाल श्रेष्ठ र दीप कार्कीलाई समेटेका छन्। यस्तै, डिफेन्डरमा विमल पाण्डे, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्थ थापा परेका छन्।

मिडफिल्डरहरू पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मनिकुमार लामा, लाकेन लिम्बु, आभाष लामिछाने परेका छन् ।

यस्तै, फरवार्डमा आयुष घलान, दीपकराज सिंह ठकुरी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, मनीष डाँगी, आशिष चौधरी र विमल घर्ती मगर रहेका छन् ।

विमल यसअघि घरेलु मैदानमा भएको थ्री नेसन्स कपमा राष्ट्रिय टिममा परेका थिएनन्। सिमन्थ, आभाष र लाकेन लिम्बु पहिलो पटक राष्ट्रिय टिममा परेका हुन्।

नेपालले जुन १५ मा फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ। त्यहाँबाट नेपाली टिम सोझै साफ च्याम्पियनसिपका लागि भारत जानेछ।

सन् २०२१ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलमा पुगेर भारतसँग पराजित भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ