कालिकोटमा रोकेको जिप आफै सडकबाट खस्यो, २ जनाको मृत्यु

कालिकोटमा रोकेको जिप आफै सडकबाट खस्यो, २ जनाको मृत्यु

  • बिहिबार, जेष्ठ २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

जेठ २५ काठमाण्डौँ । कालिकोटमा रोकेर राखिएको जिप आफैं ‘ब्याक’ भएर सडकबाट खस्दा दुई जनाको घटनास्थलमै मृत्य भएको छ।

जिल्लाको रास्कोट नगरपालिका–२, सेरा बजारमा रोकिराखेको ग ३ च ४६१० नम्बरको डबल क्याब जिप आज बिहान पौने ८ बजेतिर एक्कासि ब्याक हुन गई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको कालिकोट प्रहरीले जनाएको छ।

दुर्घटनामा परी त्यसमा रहेका रास्कोट नगरपालिका १ का ४३ वर्षीय मानबहादुर शाही र सोही ठाउँकी ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक सुवराज बमले जानकारी दिए। यस्तै दुर्घटनामा परी सोही ठाउँकी ३० वर्षीया रीता शाही गम्भीर घाइते भएकी छन्।

उक्त जिप सेरा बजारबाट कालिकोट सदरमुकाम मान्मतर्फ जाँदै थियो। जिप न्युट्रलमा राखेर चालक बाहिर रहेको अवस्थामा खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ