अझै पाँच दिन सम्म देशभर गर्मी रहने, तातो हावा चल्दा बाहिर ननिस्कन अनुरोध

अझै पाँच दिन सम्म देशभर गर्मी रहने, तातो हावा चल्दा बाहिर ननिस्कन अनुरोध

  • बुधबार, जेष्ठ २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

जेठ २४ काठमाण्डौँ । देशभर पछिल्लो समय बढेको तापक्रम अझै पाँच दिन सम्म कायम रहने मौसम विभागले जनाएको छ ।

देशको तराई भू(भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ । यसैबीच, जल तथा मौसम पुर्वानुमान महाशाखाले तातो हावा तथा लूको सम्भावना बढ्ने चेतावनी दिएको छ ।

आगामी केही दिनसम्म देशभरिको तापक्रमको अवस्था तथा जल तथा मौसम पुर्वानुमान महाशाखाले गरेको विश्लेषण अनुसार तराईका धेरैजसो भू(भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा अझै बढ्ने देखिन्छ । हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने पनि महाशाखाले जनाएको छ ।

 

देशका तराईका भू–भागहरूमा आगामी पाँच दिन सम्म तातो हावा तथा लू हिट वेभको सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसकासाथै पहाडी भू(भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको छ । विगत केही दिन देखि देशका अधिकांश भू(भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेकोले बढी गर्मीको समयमा सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने , घाममा बढी एक्सपोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित ९पटक(पटक० पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ