ठमेलमा लिभिङ टुगेदरमा बसेकी युवतीलाई प्रेमीले नै कुटी कुटी हत्या गरे

ठमेलमा लिभिङ टुगेदरमा बसेकी युवतीलाई प्रेमीले नै कुटी कुटी हत्या गरे

  • बुधबार, जेष्ठ २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 28.1K
    SHARES

जेठ २४ काठमाण्डौँ । राजधानीको ठमेलमा लिभिङ टुगेदरमा बस्दै आएकी एकजना युवतीको उनकै प्रेमीले कुटी कुटी हत्या गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवम् प्रवक्ता सीताराम रिजालका अनुसार ठमलेको भगवती बहालमा डेरा गरी बस्दै आएकी जेनिशा तामाङको उनकै प्रेमीले हत्या गरेका हुन्।

चितवनको राप्ती नगरपालिका(७ घर भएकी २६ वर्षीया जेनिशाको उनका प्रेमी काभ्रेको धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारले हत्या गरेको एसपी रिजालले नेपालखबरलाई बताए। उनका अनुसार जेनिशा र अमर ६ महिनायता लिभिङ टुगेदरमा थिए। उनीहरु भगवती बहालको एक घरमा डेरा लिएर सँगै बस्ने गरेका थिए।

उनीहरुबीच मंगलबार दिउँसो आपसी विवादका क्रममा भएको झगडाले उग्र रुप लिएको थियो। त्यसपछि मादक पदार्थ पिएका अमरले जेनिशामाथि कुटपिट गरेका थिए।

कुटपिटपछि गम्भीर घाइते भएकी जेनिशालाई मंगलबार दिउँसो ३ बजे उपचारका लागि त्रिवि शिक्ष अस्पताल महाराजगञ्ज लगिएको थियो। तर मंगलबार राति नै उनको अस्पतालमा उपचारका क्रममा ज्यान गएको रिजालले बताए।

मापसे गरेको अवस्थामा घटनालगत्तै अमरलाई पक्राउ गरिसकिएको एसपी रिजालले बताए। उनका अनुसार विवादका क्रममा जेनिशालाई कुटपिट गरेको बयान दिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी