सर्वोच्च अदालतले टीकापुर हत्याकान्डका दोषी रेशम चौधरीको आममाफी प्रकरणविरुद्ध परेको रिटमा सरकारसँग लिखित जवाफ मागेको छ। टीकापुर घटनाका प्रमुख योजनाकार रुपमा तीनै तहका अदालतबाट दोषी ठहर रेशमलाई सरकारले गत जेठ १५ गते आममाफी दिएपछि प्रहरी निरीक्षक स्वर्गीय केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले रिट हालेकी थिइन्।
उक्त रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अग्राधिकार प्रदान गर्दै सरकारसँग पनि लिखित जवाफ मागेको हो।
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक बोहराकी श्रीमती शारदाले गत आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएपछि सुनुवाइ अघि बढेको थियो । सर्वोच्च अदालतलेसमेत जन्म कैदको फैसला गरेका टीकापुर घटनाका दोषी चौधरीले आममाफी पाइसकेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline